काठमाडौं । बुधबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६८ कम्पनीको ४७ लाख ७९ हजार ७ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा लिबर्टी एनेर्जी कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा बढी हो । यस अलावा छ्याँग्दी हाइड्रोपावर, दोर्दी खोला जल विद्युत कम्पनी, पिपुल्स पावर, रिभर फल्स र बरुण हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८ सय ६६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा जीबन विकास लघुवित्त, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक, ङ्गादि ग्रुप पावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आदर्श लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा खप्तड लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था र आधिखोला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्