Skip to content
LAXMI SUNRISE BANK

सनराइज फोकस्ड इक्विटी फण्डको ईकाइ बाँडफाँड

अर्थ सरोकार

काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्डको ईकाइ बाँडफाँड भएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कुल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि माघ १० गतेदेखि माघ २४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक १० करोड इकाईका लागि २९ हजार ९ सय ३ आवेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गरी सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रुपैयाँ कायम गरिएको छ ।

बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट http://www. sunrisecapital.com.np  तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालित http://www. meroshare.cdsc.com.np  बाट हेर्न सकिने छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK