×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार

Artha Sarokar

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानियसँगको समन्वयमा टावर निर्माण गरी टुजी र फोरजी मोवाईल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।

मोबाईल सेवा नहुँदा यस भन्दा पहिले त्यस क्षेत्रमा कुराकानी गर्न र ईन्टरनेट चलाउन समस्या रहेकोमा मोबाईल सेवा शुभारम्भ सँगै समस्या हल भएको छ । टावर सञ्चालन भएपछि जैमिनी नगरपालिकाको जैदी, छिस्ती र अर्जेवाको ठुलो भू-भागमा टेलिकमको सिग्नल कभरेज पहुँच बढेको छ ।

पहिले यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न कि त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोबाईल फोन बोक्ने सेवाग्राहीहरु डाँडा काँडामा पुगेर मुस्किलले कुराकानी गर्ने र मोबाईल डेटा मार्फत ईन्टरनेट चलाउनु पर्दा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो ।

बागलुङ बजारदेखि दक्षिणमा अवस्थित यस क्षेत्रमा टेलिकमले पहिलो पटक मोवाइल सेवा विस्तार गरेको हो । पाहाकोट डाँडामा १४ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

सेवा सुचारु भएपछि अहिले स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र मोबाईल डेटा मार्फत ईन्टरनेट सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुगेको थिएन् । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो ।

टावर सञ्चालनमा आएपछि त्यहाँका ७ सय घर धुरी लाभान्वित भएको शर्माको भनाई छ । जैदी सँगै छिस्ती र अर्जेवाको अधिकांश बस्तीका नागरिकले भ्वाईस र डेटा सेवा उपयोग गर्न थालेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनले भने हामीले नागरिकको सञ्चार समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम सँग समन्वय गरी सेवा सञ्चालनमा ल्याउन सफल भएको नगर उपप्रमुख शर्माले उल्लेख गरे ।

त्यसको लागि नगरपालिकाले पाहाकोटमा भौतिक पूर्वाधार निर्माण र स्थानिय केन्द्रिय विधुत सँग समन्वय गरि टावर सम्म केन्द्रिय विद्युत पुराईएको छ । टेलिकमले भौगोलिक विकटता र ईन्टरनेट सेवा नपुगेका ठाउँमा टेलिकमले मोवाईल प्रयोगकर्ताको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा मार्फत डेटा र गुणस्तरिय भ्वाईस सेवालाई समेत विस्तार गर्ने तयारी गरिरहेको छ ।

नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म १ सय २० बढि ठाउँमा टावर निर्माण गरि फोरजी सेवा सञ्चालनमा ल्याई सकेको छ । फोरजी सेवा नपुगेको र सिग्नल कभरेजको पहुँच बाहिर रहेका स्थानमा क्रमश स्थानिय तह र नागरिक सँगको समन्वयमा बिटियस टावर निर्माण गरि सेवा सञ्चालनको तयारी भइरहेको छ टेलिकमले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी