×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटरको सीईओमा कुकुर नियुक्त, एलन मस्क भन्छन्- ‘सीईओ पदका लागि सही छ’

PRIME CA
GLOBAL IME BANK

ट्वीटरको सीईओमा कुकुर नियुक्त, एलन मस्क भन्छन्- ‘सीईओ पदका लागि सही छ’

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । केही समयअघि ट्वीटरको सीईओ पद छोड्न चाहेको अभिव्यक्ति दिएका एलन मस्कले ट्वीटरको सीईओमा कुकुरलाई घोषणा गरेका छन् । मस्कले ट्वीटरमा कुकुरको फोटो सहितको ट्वीट गर्दै ट्वीटरको सीईओमा कुकुरलाई घोषणा गरेका हुन् ।

मस्कले आफ्नो घरपालुवा कुकुर फ्लोकी (शिबा इनु) कुकुरलाई सीईओ घोषणा गरेका हुन् । फ्लोकीलाई सीईओ घोषणा गर्दै मस्कले यो अरु मानिसहरुभन्दा राम्रो भएको बताएका छन् ।

त्यस्तै, मस्कले फ्लोकीको दोस्रो तस्विर सार्वजनिक गर्दै ट्वीटरको नयाँ सीईओ (शिबा इनु) नम्बरमा निकै राम्रो भएको बताएका छन् । ट्वीटरमै शिबा इनुको तेस्रो फोटो राख्दै मस्कले आफ्नो कुकर स्टाईलिस् भएको अभिव्यक्ति दिएका छन् ।

मस्कले सार्वजनिक गरेको तस्विरमा शिबा इनु ट्वीटरको सीईओको कुर्सीमा बसेको देखिन्छ । जहाँ कुकुरले कालो रङ्गको स्वेटर लगाएको छ भने उक्त स्वेटरमा सीईओ लेखिएको छ । र कुकुर बसेको टेलबमा ट्वीटरमा सीईओसम्बन्धी कागजातहरु पनि देखिन्छन्, जसमा कुकुरको पन्जाको छाप पनि देखिन्छ ।

यसरी एलन मस्कले ट्वीटरको नयाँ सीईओ भन्दै फ्लोकी (कुकुर)को तस्वीर सार्वजनिक गरेसँगै उक्त ट्वीटले धेरैले प्रतिक्रिया जनाएका छन् । अधिकांशले यसलाई मजाकको रुपमा पनि व्याख्या गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: