काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंक सँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।
अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले भने, ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो ०% इएमआइको सुविधा ल्याएको हो । देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ । यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस्तै हाम्रा उपभोक्ताहरु पनि यो अफरसँगै बेस्ट मोबाइल डिल पाउन उत्साहित हुनुहुनेछ भन्ने हामीले सोचेका छौँ।’
यो सँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमि का टिभि, ल्याप्टप, लगायत स्मार्टफोनमा ०% इएमआइको सुविधा सँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुने भएको छ । त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्