×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक तथा वित्तीय संस्था संघर्ष समितिले आफ्नो आन्दोलन फिर्ता गरेको छ । पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको आश्वासनपछि विरोधका सबै कार्यक्रम आजैदेखि फिर्ता लिएको श्रेष्ठको भनाई छ ।
उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए । बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समस्या परेको भन्दै व्यवसायीहरु आन्दोलित थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: