×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेलायतको मुद्रस्फीति दरमा अप्रत्याशित वृद्धि, महंगी बढेपछि इंगल्याण्ड र अमेरिकामा ब्याजदर बढाउने तयारी

काठमाडौं । बेलायतको मुद्रास्फीति दर अप्रत्याशितरुपमा बढेको छ । बेलायतको सरकारी तथ्याङ्कका अनुसार जनवरीमा १०.१ प्रतिशत गरेको बेलायको मुद्रास्फीति दर फेब्रुअरी महिनामा बढेर १०.४ प्रतिशत पुगेको हो ।

पछिल्लो समय बेलायतमा खाद्यान्न तथा उर्जामा भएको मुल्यवृद्धिका कारण ३ महिना घट्दोक्रममा रहेको मुद्रास्फीति दर फेब्रुअरीमा बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायतमा यसपाली भएको महंगी सन् १९७७ यताकै उच्च हो ।

केही महिनाअघि अर्थशास्त्रीहरुले बेलायको मुद्रास्फीति दर घटेर ९.९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेका थिए । यसअघि गत अक्टोबर महिनामा बेलायतको महँगी दर ४१ वर्षयताकै उच्च ११.१ प्रतिशत पुगेको थियो । यता, महँगी बढेको तथ्यांक सार्वजनिक भएपछि ‘बैंक अफ इंगल्याण्ड’ ले ब्याजदरमा थप वृद्धि गर्ने लगभग पक्का भएको विश्लेषकहरुले बताएका छन् ।

त्यस्तै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि ब्याजदर बढाउने अनुमान गरिएको छ । मुद्रास्फीति बढेपछि युरोपेली सेयर बजारको फ्यूचर्स कारोबारमा गिरावट आउन सुरु भइसकेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: