काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक अभियान अन्तर्गतको फाल्गुन महिनाको अभियान फाल्गुन १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ । अभियानका केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा बिज होली पर्वलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ । सो अभियानका भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन् ।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस अभियान अन्तर्गतको Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म, Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women’s Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
साथै, सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपालभरी डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्