×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगास्टार अनोमोलको फिल्म छड्के भयो ‘मेगा-फ्लप’, प्रदर्शनीको ५ दिनमा ३० लाख पनि कमाउन सकेन

काठमाडौं । मेगास्टार अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’  मेगा-फ्लप भएको छ ।  फागुन १९ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको ‘छड्के २’ प्रदर्शनीको ६ दिनमै क्यूएफएक्ससहितका मल्टिप्लेक्सबाट हटेको छ । फिल्म हेर्ने दर्शकको संख्या साह्रै कम भएपछि काठमाडौंका क्यूएफएक्ससहित वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायतका मल्टिप्लेक्सले ‘छड्के २’ को प्रदर्शन रोकेका हुन् ।

यसो त अनमोलको फिल्म करियरमै प्रदर्शनी सुरु भएको एक साता नबित्दै हलबाट फिल्म हटेको यो पहिलो घटना हो । यसले व्यवसायिक रुपमा ठूलो धक्का लागेको वितरक सुनिल मानन्धरले बताएका छन् ।

फिल्म पर्दशनको पाँच दिनमा ३० लाखभन्दा पनि कम कमाई भएको मानन्धरले बताए । ‘पाँच दिनमा फिल्मले ३० लाख पनि कमाएन, फिल्मको लगानी नै ३ करोड छ, त्यसमा डेढ करोड मैले लगाएको छु । सबै लगानी डुब्ने देखियो ।’ उनले भने, ‘यस्तो होला भनेर अपेक्षा नै गरेका थिएनौँ तर त्यस्तै भयो । व्यवसायिक रुपमा ठूलो धक्का लाग्यो ।’

त्यस्तै मानन्धरले नायक र स्टाडम हेरेर लगानी गरेकै आधारमा पैसा डुबेको दाबी गरेका छन् । ‘फिल्म चल्नका लागि कथावस्तु राम्रो हुनुपर्ने रहेछ । नायक र स्टाडमकै आधारमा लगानी गर्दा ठूलो घाटा बेहोर्नुपर्यो’, उनले थपे, ‘यो एउटा पाठ नै भयो । अब नेपाली फिल्म इन्डष्ट्रीमा कथा वस्तु हेरेर लगानी गर्ने ट्रेण्ड आउँछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: