×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘छक्कापञ्जा ४ : सहकारीको यस्तो भद्दा मजाक, किन गरेको यार ?’

काठमाडौं । अहिले नेपाली चलचित्र छक्कापञ्जा ४ सफलताका साथ चलिरहेको छ । फिल्म हेरुञ्जेल मज्जाको छ । राजनीतिक कथाबस्तु भए पनि बोर हुने ठाउँ छैन । ‘रमाइलोका लागि’ फिल्म हेर्न पुगेको एउटा दर्शक भएर भन्दा फिल्म ‘बबाल’ छ । अहिले यो फिल्म हेर्नेहरुको संख्या धेरै भईसक्यो । फिल्मले करोडौं कमाएको छ । तर व्यंग्यका नाममा फिल्मले सहकारी क्षेत्रलाई नै प्रहार हुनेगरी र अहिलेको स्थितिमा सहकारीलाई झन् अफ्ट्यारो हुनेगरी राखिएको सम्बादले बचतकर्तामा भ्रम पर्नसक्छ ।

फिल्म ‘छक्कापञ्जा ४’मा दीपकराज गिरीको एउटा डायलग छ- ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।’

त्यसपछि फिल्ममा प्रेमिका बनेकी बेनिशा हमालको डायलग छ-  अनि म के नि ?

दीपक राज गिरी जवाफ फर्काउँछन्- सहकारी ।

यति भनेपछि राजा अर्थात उनी दीपक राज गिरी त्यहाँबाट बाहिरिन्छन्  ।

यो सम्बाद सुनेर सबै हाँस्छन् । तर फिल्म हेर्न पुगेका धेरै दर्शक र सहकारीकर्मीको यो डायलगमा आपत्ति थियो भने कति त ‘ओहो ! सहकारी भनेको त सबै भाग्ने नै पो हो कि क्या हो ? विवाह गरेका पुरुषले प्रेमिका राखेजस्तै हो त सहकारी ? भन्दै थिए । यो भलाकुसारी फिल्म सकिएपछि पनि खुब भएको छ । तर दर्शकले कसलाई भन्ने ? सहकारीकर्मीले कसलाई भन्ने ? प्रश्न उठेको छ ।

अहिले सहकारीलाई खराब भन्न खोजिएको यहि संवाद टिकटकमा भाईराल छन् ।   ‘छक्कापञ्जा ४’को यो संवादलाई लिएर केहि सहकारीकर्मीहरुले आपत्ति जनाएका छन् ।

फिल्म समग्रमा राम्रो छ । तर सहकारीलाई गरिएको यस्तो भद्दा मजाकलाई सहकारीबारे थोरैमात्र बुझेकाले पनि ठिक भन्न सक्ने अवस्था छैन । सहकारी क्षेत्र अहिले समस्यामा रहेको सत्य हो । धेरै सहकारीका संचालक भागेको पनि सत्य हो । तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको सामान्य अध्ययन बिना फिल्ममा प्रयोग गरिएको सो डायलग सहि मान्न सकिन्न ।

फिल्म बनाउनेहरुले यस विषयमा सोचून् ।

  • – एक सहकारीकर्मी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: