काठमाडौं । ‘प्लान योर मनि,प्लान्ट योर फ्यूचर’ भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनि विकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ ।
यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशमा विभिन्न क्रार्यक्रम संचालन गरेको छ । जसमा प्रदेश नं १ को विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेश प्रदेशको डिएभिआरभि केडिया स्कूल, कृष्ण प्रणामी, बाग्मती प्रदेशको थली, कलङ्की, सिन्धुली, सूर्यविनायक, भैंसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौध, धुम्बाराही, थसीखेलमा ,गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौरमा, लुम्बिनी प्रदेशको बढैयाताल , घोराहीको शान्ति सुधा बोर्डिङ स्कूल, नेपालगन्ज, कोहलपुरको गोपीगन्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय ,फर्साटिकरको श्री बङ्गाई माध्यमिक विद्यालयमा, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा, सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया, ढँकारीमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्रदान गर्ने कार्य गरेको छ ।
उक्त क्रार्यक्रममा उपस्थित विधार्थीवर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको बैंकले जनाएको छ । योसंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजर भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्