काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला गुजरानगरपालिका वडा नं.७, परसवा टोलमा रहेको केन्द्र नं. ३८ कि सदस्य अनतरी देवीको श्रीमान् प्रकाश चौधरीको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
सदस्य अनतरी देवीले संस्थाबाट १ लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु. २५ हजार तथा तिरेको किस्ता रकम १० हजार समेत फिर्ता गरी जम्मा रकम ३५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताएका हुन् ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी सो केन्द्रका केन्द्र संचालक मनोज प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्