×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला गुजरा नगरपालिका वडा नं.५, इलामपुर टोलमा रहेको केन्द्र नं. ८९ कि सदस्य मोमीना खातुनको श्रीमान् शेख सफरुदिनको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको लघुवित्तले जनाएको छ ।

सदस्य मोमीना खातुनले संस्थाबा७५ हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २२ हजार ५ सय तथा तिरेको किस्ता रकम ४० हजार ५ सय समेत फिर्ता गरी जम्मा रकम ६३ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताएका हुन्।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी र सो केन्द्रका केन्द्र संचालक मनोज प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: