×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

Artha Sarokar

७ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १६७ वर्ष पुरानो क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । संकटग्रस्त अवस्थामा रहेको क्रेडिट स्वीसलाई यूबीएसले ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौता गरेको हो ।

तरलता अभावका कारण संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकले उद्धारका लागि आफ्नो मुख्य लगानीकर्ता साउदी नेसनल बैंकसँग थप आर्थिक सहायता माग गरेको थियो । तर, साउदी नेसनल बैंकले थप सहायता प्रदान नसक्ने भएपछि र समयमा तरलता व्यवस्थापन गर्न नसकेपछि अन्ततः क्रेडिट स्वीस बैंक यूबीएसले खरिद गर्ने भएको हो ।

साउदीले प्रतिसेयर ३.८२ स्वीस फ्र्यांक (४.१२ अमेरिकी डलर)का दरले सेयर खरिद गरेको थियो तर अब यूबीएसले बैंकको सेयर प्रतिकित्ता ०.७६ फ्र्यांक (०.८२ अमेरिकी डलर)का दरले खरिद गरेको छ । साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा भएको लगानीवापत ८० प्रतिशत नोक्सानी ब्यहोरेको जनाएको छ ।

यूबीएसको खरिदबाट मात्रै बैंकिङ प्रणालीमा स्थायित्व नहुने भएकाले प्रणालीगत जोखिम कायमै रहने स्वीसका अधिकारीहरुले अन्तराष्ट्रिय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएका छन् । क्रेडिट स्वीस बैंक संकटग्रस्त हुनुअघि अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक पनि तरलता समस्याका कारण बन्द भएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी