×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली म्यानपावर खोली मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

PRIME CA
GLOBAL IME BANK

नक्कली म्यानपावर खोली मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली म्यानपावर खोली मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. २ च्यापोल स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ गाईबाच्छा टोल बस्ने २८ वर्षीय आदेश तामाङ पक्राउ परेका हुन् ।

उनले ‘KHM Recuirement Group’ को नामबाट संचालन गरेको म्यानपावरबाट रबिन मोक्तान सहित १०० जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलिले मिति २०७९/११/२४ गते मिनभवन बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले किर्तिपुरस्थित उनले संचालन गरेको म्यानपावरमा खानतलासी गर्दा विभिन्न व्यक्तिका ९० थान पासपोर्ट, कम्पनीको छाप र विभिन्न कागजात बरामद गरेको छ । पक्राउ परेका तामाङलाई भने ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: