×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

अन्तराष्ट्रिय बजारमा लगातार ओरालो लाग्दै कच्चा तेलको भाउ, ९ महिनामा मात्रै प्रतिब्यारेल ५० डलरको गिरावट

BIZBAZAR

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

पछिल्लो केही महिनादेखि अन्तराष्ट्रिय बजारमा ओरालो लागेको कच्चा तेलको मूल्य शुक्रबार कारोबार बन्द हुँदा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल ६६.७४ डलरमा झरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो ९ महिनाको अवधिमा औसतमा कच्चा तेलको भाउ प्रतिब्यारेल ५० डलर झरिसकेको छ ।

गत जुन ९ मा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल १२१ डलरसम्म पुगेको थियो । त्यस्तै, शुक्रबार मार्स यूस तेलको भाउ ६७.२४ डलरमा झरेको छ । ब्रेन्ट तेल प्रतिब्यारेल ७२.९७ र मुर्बान क्रुडको ७३.८१ डलरमा झरेको छ । बिहीबारको तुलनामा शुक्रबार मात्रै अधिकांश कच्चा तेलको भाउ २ प्रतिशतले घटेको छ । कच्चा तेलको मूल्यले नेपालको अर्थतन्त्रमै असर पार्दछ ।

खरिद गरेको कच्चा तेलको मूल्यअनुसार नेपाललाई भारतले प्रत्येक १५/१५ दनिमा नयाँ मूल्य सूची पठाउँछ । कच्चा तेलको भाउ घट्दा नेपालबाट तेलमा बाहिरिने रकम पनि घट्न जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्दछ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal