×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले आयोजना गर्यो ‘दराज सेलर समिट २०२३’, उत्कृष्ट बिक्रेतालाई १० हजार बराबरको दराज भाउचर प्रदान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दराजले आयोजना गर्यो ‘दराज सेलर समिट २०२३’, उत्कृष्ट बिक्रेतालाई १० हजार बराबरको दराज भाउचर प्रदान

Artha Sarokar

८ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट मार्च १९, २०२३ मा आयोजना गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनिहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो ।

त्यसैगरी, सो इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरुसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो । कार्यक्रममा आ-आफ्नो क्षेत्रका विज्ञहरुले विभिन्न मन्तब्यहरु समाबेश गरेका थिए । मधु कुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा (FNCCI का अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिको रूपमा यस इभेन्टमा उपस्थित भएका थिए ।

समारोहमा दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित ब्यक्तित्वहरुलाई सम्बोधन गर्दै, कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेकी थिइन् । उनले यस इभेन्टमार्फत दराज परिवर्तनका लागि एक सकृय च्यानल हुन चाहेको कुराहरु व्यक्त गरेकी थिइन् ।

यसबाहेक शेखर गोल्छाले नेपालको इ-कमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोणहरु साझा गरेका थिए । त्यस्तै, दराजको प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा प्रस्ट परेका थिए । यसका साथसाथै एनएमबि बैंकका डीसीईओ गोविन्द घिमिरेले दराज बिक्रेताहरूले अब बैंकबाट Collateral Free Loan हरु प्राप्त गर्न सक्नेछन् भन्ने कुराहरु जानकारी दिएका थिए ।

कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई बिशेष ट्रफी तथा १० हजार बराबरको दराज भाउचर प्रदान गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी