काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी फागुन २६ गते काठमाडौं स्थीत नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका निती नियम, कार्यविधी तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिएको प्रणालि प्रयोग गरी आफ्नो ग्राहकअरुलाई सेवा प्रदान गर्दै आएको छ । दैनिक जसो मर्चेन्ट बैंकर तथा सिडिएसबीच सम्नव्य भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएकाले दैनिक कार्यसञ्चालनमा, सबै डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलग अलग रुपमा सम्पर्कमा रहने गर्छन् ।
यसै सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम मार्फत डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी के-कसरी सो समस्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
सो कार्यक्रममा २५ डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तर्फबाट सूचना प्रविधि विभागका विभागिय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य संचालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत देव राज रिजालको उपस्थीती रहेको थियो ।
त्यस्तै, नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा आएका अतिथीहरुलाई प्रशसांको चिनो/प्रतिक प्रदान गरी उक्त कार्यक्रमको समापन गरीएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्