×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, भुक्तानी गर्दा आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर, भुक्तानी गर्दा आइफोन १४ का साथै थुप्रै आकर्षक उपहार जित्न सकिने

Artha Sarokar

१८ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् ।

सो अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् । साथै १० हजारले एक हजार सम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस उपहार योजनामा सहभागि हुनको लागि इसेवा मोबाईल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ ।

साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् । त्यस्तै, रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक बिहिबार घोषणा गरिने इसेवाले जनाएको छ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिने भएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी