काठमाडौं । नेपाली चलचित्र क्षेत्रका बहुचर्चित अभिनेता तथा इसेवा मनि ट्रान्सफरका ब्राण्ड हिरो समेत रहेका दयाहाङ राई संयुक्त राज्य इमिरेट्स् (युएई) जाने भएका छन् । ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत इमिरेट्स एक्सचेन्ज र ईसेवा मनिट्रान्सफरको निम्तोमा अभिनेता राई शुक्रबार युएई जान लागेका हुन् ।
युएई प्रस्थान पश्चात, मार्च ३ शुक्रबार राईले शारजाहस्थित इमिरेट्स एक्सचेन्जका सज्जा-३ शाखामा बेलुका ६ बजेदेखि ७ बजेसम्म, मार्च ४ शनिवार दुबईस्थित सोनापुर शाखामा बिहानको ११ बजेदेखि १२ बजेसम्म, जेबेल अली शाखामा साँझको ५ बजेदेखि ६ बजेसम्म र ग्रान्ड हाइपर शाखामा बेलुकाको ६ः३० बजेदेखि ७ः३० बजेसम्म तथा मार्च ५ आइतबारका दिन अबुधावीस्थित मफराक सेन्टरमा दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म नेपाली रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत इमिरेट्स इन्टरनेसनल एक्सचेन्जका नेपाली कर्मचारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
अभिनेता राईले यस अभियान अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएका थिए । उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएका छन् । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन्। साथै, उनि युएईमा कार्यरत नेपालीहरु बसोबास गर्ने विभिन्न स्थानमै गएर भेटघाट तथा डिजिटल रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ ।
इसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्राउँन विभिन्न कार्यक्रम गर्नुका साथै यस अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको जनाएको छ । मेरो डिजिटल देश योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।
इमिरेट्स एक्सचेन्ज सन् १९८० मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तराष्ट्रिय मुद्रा एक्सचेन्ज, मोबाइल मनी ट्रान्सफर, लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ । विगत ३ दशक भन्दा ज्यादा समयदेखि ग्राहकहरुलाई आफ्नो मनी ट्रान्सफर लगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै युएइमा एकदमै रुचाइएको यस कम्पनीले हाल युएइका अधिकांस स्थानमा रहेका ३५ भन्दा बढी शाखाहरुबाट सेवाग्राहीलाई आफ्नो अमुल्य सेवा प्रदान गर्दे आइरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६८ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्