×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछु’ : अन्जन श्रेष्ठ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछु’ : अन्जन श्रेष्ठ

Artha Sarokar

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका छन् ।
श्रेष्ठले शनिबार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको छैटौं प्रदेश सभाको सफलताको शुभकामना दिँदै आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्यारुपी घाउमा मल्हम लगाउन र पिडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने बताएका हुन् ।
‘अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,’ वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, ‘करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन् । यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु ।’
श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई विस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताएका हुन् । ‘मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु । यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,’ श्रेष्ठले भने, ‘मेरो टिम अन्तर्गतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।’ 
आफ्नो टिमको तर्फबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिएका हुन् ।
उनले आफूले महासंघमा लामो समयदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताए । वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले व्यवसायीहरुको पिडालाई सम्बोधन गर्नकै लागि र लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे ।
‘मेरो नेतृत्वमा तपाईंहरुलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुहोस् सबै मिलेर सहकार्य गरौं,’ उनले भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी