×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘भारतीय अर्थतन्त्रको बिकास र नेपाली मुद्रा भारतीय मुद्रासँग ‘पेक्ड’ हुनु हाम्रा लागि अवसर हो’ : गगन थापा

काठमाडौँ । सांसद गगन थापाले भारतीय अर्थातात्न्राको बिकास र नेपाली मुद्रा भारतीय मुद्रासँग ‘पेग्ड’ हुनु नेपालका लागि अवसर भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले यो अवसरबाट फाइदा लिनुपर्नेसमेत बताएका छन् ।

‘नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेक्ड हुनु अहिलेका लागि नेपालका लागि अवसर हो ।’ कार्यक्रममा बोल्दै सांसद थापाले भने, ‘भारतले विश्व अर्थतन्त्रमा गरिरहेको प्रगति पनि राम्रै हुनु र नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध राम्रो हुनु हाम्रा लागि अवसर हो ।’
सांसद थापाले आर्थिक हिसाबले हेर्दा भारतसँगको सम्बन्धले नेपालमा फाइदा भईरहेकोले प्रधानमन्त्रीले यस विषयमा चिन्तन गर्नुपर्ने बताए ।
नेपाली मुद्रा अहिले भारतीय मुद्रासँग ‘पेक्ड’ छ । अर्थात भारतीय १०० रुपैयाँ बराबर नेपाली १६० रुपैयाँ हुन्छ । यहि कारण पनि नेपालको मुद्रा संसारमा अपेक्षित कमजोर बन्न बाट जोगिएको विश्लेषण विश्लेषकहरुले गर्ने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: