काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा चैत ६ गते सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा NFRS प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।
साथी, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।
सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आर्थिक वर्ष २०७९/८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई रु. ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए । उक्त अवसरमा डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा पनि बताएका थिए । साथै उनले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्दै जीवन बीमा कम्पनिहरु माझ अव्वल कम्पनिका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।
सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने सेयरधनीहरु, नियामक निकायहरु, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरु, पुनर्बीमा कम्पनी, कर्मचारीहरु, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विर्सजन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्