×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तद्वारा कोहलपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्फिनिटी लघुवित्तद्वारा कोहलपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाईल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित गरेका थिए । शाखामा भएका कुल १९३ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि नयन देवकोटाले बताएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख सञ्जिता कुमारी चौधरीले स्पष्ट परेकी थिइन् । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति गिता कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक अनुगमन अधिकृत आत्माराम पौडेलले बताएका थिए । साथै, कार्यक्रम नन्द कुमारी विष्टको सभावतित्वमा सञ्चालन भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी