×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा मिडिल तमोरको ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आइपिओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले फागुन २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । आइपीओ

कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँको दरले ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता सेयर निष्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २४ लाखको १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो ।

त्यस्तै, कम्पनीले ४ लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा २ लाख ४९ हजार ९ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषलाई निष्कासन र बाँडफाँट गरिसकेको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो आवधिमा मागबमोजिम आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सकिने जनाईएको छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: