×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटरका संस्थापक डोर्सीमाथि ‘हिन्डेनबर्ग’को आरोप- ‘नक्कली प्रयोगकर्ता खडा गरी वित्तीय अपराधीलाई सघाउने काम भयो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ट्वीटरका संस्थापक डोर्सीमाथि ‘हिन्डेनबर्ग’को आरोप- ‘नक्कली प्रयोगकर्ता खडा गरी वित्तीय अपराधीलाई सघाउने काम भयो’

काठमाडौं । ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकले अरबौं रकम ठगी गरेको आरोप लागेको छ । अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले डोर्सीको कम्पनीले १ अर्ब डलर ठगी गरेको र लगानीकर्तालाई नियतबस झुक्याएको आरोप लगाएको हो ।

डोर्सीको कम्पनी ब्लकले लगानीकर्तालाई प्रभावित गर्न नक्कली प्रयोगकर्ता बनाएको र वित्तीय अपराधीहरुलाई सघाएको हिन्डेनबर्ग रिसर्चको आरोप छ । हिन्डेनबर्ग रिसर्चका अनुसार तत्कालीन स्वायर (हालको ब्लक) कम्पनीको पछिल्लो कुल बजार मूल्य ४४ अर्ब डलर रहेको छ । हिन्डेनबर्गको सो आरोपसँगै ब्लक कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको भारी गिरावट आइसकेको छ । यद्यपी ब्लकले सो आरोप झुठा भएको दाबी गर्दै आएको छ ।

हिन्डेनबर्गले सार्वजनिक गरेको प्रतिवेदनमा ब्लकको सफलता ‘जादुमय वा परिवर्तनकारी प्रविधि नभई नक्कली प्रयोगकर्ताको संख्या बढाएर लगानीकर्तालाई झुक्याउने, मिटरब्याजमा ऋण दिने, नियमन छल्ने र सरकार तथा ग्राहकलाई ठग्नेमा आधारित रहेको’ उल्लेख गरिएको छ । त्यस्तै, ब्लकका पूर्वकर्मचारीलगायतसँगको अन्तरर्वार्ता र रिसर्चका आधारमा कम्पनीका ४० देखि ७५ प्रतिशत प्रयोगकर्ताहरू नक्कली, ठगीमा संलग्न वा एकै व्यक्तिका अनेकौं प्रोफाइल भएको हिन्डेनबर्गले खुलासा गरेको छ ।

स्मरण रहोस्, यसअघि विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा रहेका भारतीय अर्बपति गौतम अडानीलाई ‘इतिहासकै ठूलो वित्तीय ठगीमा संलग्न भएको’ भन्दै हेन्डेनबर्गले ४१३ पृष्‍ठ लामो प्रतिवेदन सर्वजनिक गरेको थियो । सो प्रतिवेदन सार्वजनिक भएसँगै अडानीले वित्तीय साम्राज्यमा ठूलो क्षति बहोर्नुपरेको थियो । हाल उनी विश्वका १० धनी व्यक्तिको सूचीबाटसमेत बाहिरिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: