काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्ने भएको छ ।

जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने भएको छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु.२८ हजार ८ सय ३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।
‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुकाविचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रबर्द्धन गर्दैछौं । यस प्रबद्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पुर्याउछ भन्नेमा हामी विश्वस्त छौं ।’ नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने ।
साथै, नेपालमा जजीरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रति जजीरा एयरवेज हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्