×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सातै प्रदेशमा पत्रकारहरुको लागि निःशुल्क आँखा शिविर सञ्चालन (फोटो-कथा)

BIZBAZAR

काठमाडौं । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको लागि सातै प्रदेशमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा नेत्रज्योती संघ, पत्रकार महासंघ केन्द्रीय समितिको सहकार्यमा र उपत्यका प्रदेश समितिको समन्वयमा पत्रकारहरुको लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविर प्रश्चात पत्रकारहरुसँग अन्तरक्रिया गर्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष सृजन झाले पछिल्लो समय पत्रकारहरूको आँखामा दृष्टि दोष देखिएकोले आँखा शिविर सञ्चालन गरिएको बताएका छन् । ‘यसपटक सातै प्रदेशमा आँखा शिविर सञ्चालन गरिएको छ । केही ठाउँमा मंगलबार शिविर सञ्चालन हुनेछ भने केही ठाउँमा बुधबार पनि शिविर सञ्चालन हुनेछ ।’, उनले भने, ‘नेपाल सरकारले दुर्घटना बीमा ल्याउँदै गर्दा स्वास्थ बीमा हुनुपर्छ भनेर जोड दिइरहेका छौँ ।’

त्यस्तै, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोकाले पत्रकारहरुले कम्युटरमा धेरै काम गर्नुपर्ने भएकोले आँखा चेकजाँचमा सहयोग पुर्याउने उद्देश्यले निशुल्क शिविर सञ्चालन गरिएको बताएका छन् । ‘यो भन्दा अघिल्लो पटक विश्व स्वतन्त्रता दिवसको अवसरमा दाँत र किड्नीको उपचार गरिएको थियो । यसपटक आवश्यकताका आधारमा आँखा शिविर सञ्चालन गरेका हौँ ।’, उनले भने, ‘यस्ता कार्यक्रमले पत्रकारहरुबीच आत्मियता बढाउन सहयोग पुर्याउनुका साथै पेसाप्रतिको मर्यादामा सहयोग सहयोग पुर्याउँछ ।’

सोमबार महासंघको केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको आँखा शिविरबाट झण्डै दुई सय जना पत्रकारहरु लाभांवित बनेका छन् । शिविरमा आवश्यकताका आधारमा चस्मा र आई ड्रप वितरण पनि गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal