काठमाडौं । काठमाडौंमा ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनीको उद्घाटन भएको छ । मंगलबार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानले बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले गरेका हुन् । प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धी तयार पारेका ३८ वटा कलाकृति राखिएका छन् ।
उक्त कला प्रदर्शनी तारागाँउ संग्रहालयमा २०७९ चैत्र १४ देखि १९ गतेसम्म चल्नेछ । सिजी उन्नति सांस्कृतिक भिलेज र ब्ध्इल् को सहयोगमा सो प्रदर्शनीको आयोजना भएको भारतीय राजदूतावासले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्