×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिने ‘कालोमोसो दस्ता’का प्रमुख शम्भु थापा पक्राउ, सोधपुछ हुँदै !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई  कालोमोसो दल्ने धम्की दिने शम्भु थापा पक्राउ परेका छन् । उनी दुर्गा प्रसाईको अभियानमा ‘कालोमोसो दस्ता’का प्रमुख हुन् । उनलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
थापालाई यसअघि दुर्गा प्रसाईंको अभियानका ‘कालोमोसो दस्ताको केन्द्रीय संयोजक’ घोषणा गरिएको थियो  भने कालोमोसो दस्ता नै बनाएर उनले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।
बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिका कारण अफ्ट्यारो परेको भन्दै जिल्ला प्रसाशन कार्यालयमा सुरक्षा माग गरेका थिए । त्यसपछि थापालाई पक्राउ गर्न प्रहरीलाई दबाब परेको थियो । अन्तत: उनी पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई सोधपुछ कार्य भईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: