काठमाडौं । खल्ती प्राइभेट लिमिटेड र महिला लघुवित्त वित्तीय संस्थाबिच सम्झौता भएको छ । अव ग्राहकहरूले खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्नेछन् ।
आउँदो समयमा खल्ती र महिला लघुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्ने भएका छन् । यो साझेदारीसँगै ग्राहकहरुले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुबिधा उपलब्ध गराईएको हो।’
महिला लघुवित्तको किस्ता भुक्तानी ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ :
१. खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जाने
२. महिला लघुवित्त छनौट गर्ने
३. आवश्यक विवरण भर्ने
४. ‘प्रोसिड टु पे’मा ट्याप गर्ने र भुक्तानी पूरा गर्ने
यसरी सहजै खल्तीबाट महिला लघुवित्त किस्ता तिर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्