काठमाडौं । खल्ती प्राइभेट लिमिटेडले वीरगंज उधोग वाणिज्य संघद्वारा सम्मानित भएको छ । २०७९ फागुन २८ गते आयोजित वीरगंज उद्योग वाणिज्य संघको ७औं साधारणसभामा नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको थियो ।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्य मार्फत योगदान पुर्याउने संस्था र महानुभावहरु सम्मानित भएका थिए । स्वदेशमै बसी केहि गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको छ । खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए । सम्मान प्राप्तगर्दै उनले खल्तीलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारीरएजेन्ट, नियामक, कर्मचारी र अन्य सरोकारवालाहरू प्रति धन्यवाद व्यक्त गरेका थिए ।
यस बारे खल्तीका सह-संस्थापक अमित अग्रवालले भने,’वीरगंज उद्योग वाणिज्य संघद्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारकालागि गर्वको कुरा हो । हाम्रो मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामी माझ अझ धेरै हौसला ल्याएको छ । आगामी दिनहरूमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने उद्देश्यलाई लिई अघि बढ्नेछौं ।’
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि भएको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्