काठमाडौं । खल्तीबाट ईपिएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क भुक्तानी गर्न सकिने भएको छ । परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस (eps) दर्ताको सफल एकीकरण पछि, खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा ल्याएको हो ।
अव रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन् ।
नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो । थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘अहिले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ किनभने यसले प्रयोगकर्ताहरूलाई धेरै तरिकामा फाइदा पुर्याउँछ। हामी यस पहलसँग आबद्ध हुन पाउँदा गर्व गर्छौं र प्रयोगकर्ताहरूलाई सुविधाजनक भुक्तानी समाधान प्रदान गर्ने आशा गर्दछौं ।’
तल दिएको स्टेप्स अनुसार खल्ती प्रयोगकर्ताहरूले शुल्क भुक्तानी गर्न सक्नेछन् :
१. खल्तीको होमपेजमा जाने
२. पपुलर गभर्मेन्ट सर्भिसेसु मा ट्याप गर्ने
३. EPS कोरिया व्यवस्थापन शुल्क छनौट गर्ने
४. आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भर्ने
५. भुक्तानी प्रकृया छनौट गरीइ भुक्तानी गर्ने
वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन् जस अन्तर्गत रु ३ लाख सम्मको इन्स्योरेन्स को लाभ प्राप्त गर्न सक्नेछन्। यसका साथै प्रयोगकर्ताहरूले खल्तीबाट DOFE बीमा र DOFE वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्