×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेज उपलब्ध, २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेज उपलब्ध, २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा 

Artha Sarokar

१७ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । रु. ३५० को बार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले रू.२.३ लाख सम्मको स्वास्थ्य र दुर्घटना बीमा साथै रू. १.५ लाख को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

खल्तीले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्य गरि इन्स्योरेन्स बिमामा अस्पताल भर्ना तथा दुर्घटना बीमामा २ लाख ३० हजार दाबी गर्ने सुविधा समावेश गरेको छ। साथै, खल्ती सुरक्षाको सदस्यता लिएका प्रयोगकर्ताले जो कोहीले पनि मृत्यु र अशक्तता, दुर्घटना र अन्त्येष्टि खर्च जस्ता उल्लिखित परिस्थितिहरूमा आफ्नो चिकित्सा बीमा दाबी गर्न सकिने छ ।

साथै खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला र अन्य यस्ता सेवाहरूमा स्वास्थ्य सेवा सुविधा पनि समावेश गरेको छ । यी फाइदाहरू दाबी गर्न प्रयोगकर्ताहरूले आफ्नो खल्तीमा छुट र क्यासब्याकका प्रोमोकोडहरू पाउनेछन् जुन बिल भुक्तानी गर्दा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो ६ वर्षको अवधिमा विभिन्न आम्दानीका स्रोत भएका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरूले हाम्रो सेवाबाट लाभान्वित भएका छन् । प्रयोगकर्ताहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै हामीले मात्र रु. ३५० मा स्वास्थ्य तथा हेरचाह सुविधा उपलब्ध गराएका छौं र प्रयोगकर्ताहरू आफ्नो मेडिकल कभरेज सम्बन्धमा निर्धक्क रहने भन्ने कुरामा हामी बिस्वस्त छौं ।’

साथै, यो सहकार्य बारे हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने,’हामी खल्तीसँग सहकार्य गर्दै उहाँहरूको नयाँ सुबिधा ‘खल्ती सुरक्षा’ मार्फत दुर्घटना र अस्पताल भर्ना बीमा उपलब्ध गराउन पाउँदा धेरै खुसी छौं । ‘खल्ती सुरक्षा’ प्याकेज मार्फत हामी आउँदा दिनहरूमा पनि थप प्रयोगकर्ताहरूलाई लाभान्वित गर्ने कुरामा तत्पर छौं ।’

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी