काठमाडौं । कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा चैत्र ९ गते पोखराको गुरुकुल विद्यासदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
गुरुकुल विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत करिब ७० जना विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मा गर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिताका साथै वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषि विकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठबाट नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदनका प्राचार्य नारायण आचार्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै, बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने काम समेत गरेका थिए भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्