काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुने बैंकले जनाएको छ ।
बैंकले कुमारी जीवन बिमा २X मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको अवधिक जीवन बिमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने भएको छ ।
यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम ५० हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नुका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुनेछ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै लग्ने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्