×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले गर्यो नेशनल प्याथ ल्याबसँग सम्झौता, उपचारमा सहुलियत दिने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकले गर्यो नेशनल प्याथ ल्याबसँग सम्झौता, उपचारमा सहुलियत दिने उद्देश्य

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेशनल प्याथ ल्याबबीच सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले नेशनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

उक्त सम्झौता अनुसार नेशनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्-हाउस परीक्षणमा २०% र आउटसोर्स १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी