×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीबजारमा बिस्तारै सुधार हुन्छ : अध्यक्ष हमाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूँजीबजारमा बिस्तारै सुधार हुन्छ : अध्यक्ष हमाल

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले विस्तारै पूँजीबजारको राम्रा दिन आउने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा हमालले पूँजीबजार सुधारका लागि धेरै कामहरू भइरहेकाले लगानीकर्तालाई नआत्तिन तथा संयमता  अपनाउन आग्रह गरेका हुन् । विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव तथा रुस युक्रेन युद्ध, पोस्ट कोभिड जस्ता कारणले पूँजीबजारलाई असर गरेको बताउँदै उनले अब पूँजीबजारको अवस्था केही समयपछि राम्रो हुँदै जाने बताएका हुन् ।

पूँजीबजार सुधार र स्थायित्वका लागि आफ्नो कार्यकालमा जम्मा दश महिना बाँकी रहेकाले त्यो समयभित्र धेरै कामलाई पुरा गर्नुपर्ने बताउँदै हमालले डिजिटल ट्रान्फरमेसनको काम शुरु गर्न लागेको जानकारी दिए । त्यसले बजारको अवस्थामा सुधार गर्ने दाबी गर्दै उनले भने ‘डिजिटल ट्रान्स्फर्रमेसन्सको यात्रा सुरु गर्दै छौँ हामी । त्यसमा अटोम्याटिक सर्भिलेन्स प्रणाली सेवनमै जडान गरेर रियल टाइममा बजारलाई अनुगमन गर्न सक्ने, गल्तीलाई ठाउँको ठाउँमा समात्न सक्ने र कारबाही गर्न सक्ने काम गर्यौं भने गल्ती गर्ने मान्छेले बजारमा खुट्टा उठाइहाल्छन् ।’

उनले बजारमा कसैले भित्री कारोबार गर्न खोजेमा त्यसको सूचना उपलब्ध भए आफुले कानूनी कारबाहीको दायरामा ल्याउने दाबी गरे । उनले बजार सुधारका लागि ल्याउने हरेक काम मेरिट बेसिसमा भएको तर्क गर्दै नेपाली सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाउनको लागि १०० ब्रोकरको आवश्यकता पर्ने बताएका छन् । बाँकि तस्बिरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी