×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाताको कार्य गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाताको कार्य गर्ने

Artha Sarokar

२४ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्थागत परामर्शदाताको रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका हुन् । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्ने भएको छ ।

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका स्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवर्द्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी