×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण तिर्न तयार छौं तर चर्को व्याज घटाउनु पर्छ : उपाध्यक्ष श्रेष्ठ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ऋण तिर्न तयार छौं तर चर्को व्याज घटाउनु पर्छ : उपाध्यक्ष श्रेष्ठ

Artha Sarokar

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको तर चर्को व्याजदर घटाउनु पर्ने बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको दुखेसो गरे ।

उनले भने- ‘बैंक तथा वित्तिय समस्याले व्यवसायीहरु पिडित छन् । बढ्दो व्याज व्यवसायीहरुले धान्नै सकेनन् । अहिले लिलामीको सुचनाहरु निस्कीरहेको छ । हामीले व्याज र ऋण तिर्दीन भनेका छैनौं । व्याज तिर्न सक्ने अवस्था भएन् । त्यसैले बढ्दो व्याजदर घटाउन’पर्यो  भन्ने मात्र हाम्रो माग हो ।

बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले आयोजना गरेको प्रर्दशनमा विभिन्न उद्योगी तथा व्यवसायी सहभागि थिए । समितिले बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै विरोध प्रर्दशन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी