Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि Action Works Nepal (NGO) द्वारा साञ्चालित ‘Chhaupadi & Menstrual Health Hygiene Management Project’ लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गरेको हो ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने भएको छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने बैंकले जनाएको छ । यसप्रकार छाउपडी प्रथाका विरुद्ध कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले NGO लाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK