काठमाडौं । सरकारले रासायनिक मलमा दिदैँ आएको अनुदान कटौतिको विरोधमा अखिल नेपाल किसान महासंघले, काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । बिहिबार काठमाडौंको माइतीघरमा अखिल नेपाल किसान महासंघले रासायनिक मलमा गरिएको अनुदान कटौतीको बिरोधमा धर्ना सहित विरोध प्रर्दशन गरेको हो ।
धर्ना कार्यक्रममा बोल्दै किसान महासंघ बाग्मती प्रदेश संयोजक कृष्ण अधिकारीले सरकारले रासायनिक मलमा दिदै आएको अनुदान कटौती गरी किसानलाई निरुत्साहित गरेको भन्दै आक्रोस पोखे । उनले भने , ‘सरकारले किसानको पक्षमा थोरै काम पनि गरेको छैन् । विदेशबाट आयात गर्ने फूलको विषय होस या आयात गर्ने विषादी भएको तरकारीको होस, विषादी परीक्षण नगरी ल्याउने जुन तरकारी छ त्यसका विरुद्धको होस या किसानले बजार नपाएको विषयको आन्दोलन होस् । किसान महासंघले आन्दोलन गदै आएको छ ।’
सरकारले युरियामा ८० प्रतिशत अनुदान दिदै आएको थियो तर हाल ६४ दशमलब ४९ प्रतिशत कायम गरिएको छ । त्यस्तै डिएपी मा ५९ प्रतिशतबाट ५२ दशमलब ३८ प्रतिशत तथा पोटासमा ५८ प्रतिशतबाट झारेर ४६ दशमलब ९ प्रतिशत कायम गरिएको छ ।
सरकारले नेपाली जनताका छोरा छोरीलाई विदेश जान मात्र प्रोत्साहित गराएको उनको गुनासो छ । त्यस्तै अखिल नेपाल किसान महासंघका उपमहासचिब बाबुराम थापाले नेपाली किसानहरु कुटो कोदालो बोकेर कृषि उत्पादन गर्ने खेत बारीमा जानु पर्नेमा यो सरकारको लाचार निर्णयका कारण मेचीदेखि महाकालीसम्म सडकमा आउन बाध्य गराएको भन्दै आक्रोस पोखेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्