काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुबै कम्पनी मर्ज भएपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको घोषणा गरिएको हो ।
दुइवटा कम्पनी गाभिएर बनेको कम्पनीको अध्यक्षमा मनोहर दास मुल र प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्रीले कार्यभार सम्हाल्ने भएका छन् । कार्यक्रममा क्षेत्रीले, विमा ऐन कायान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे । उनले विमा क्षेत्रको विकास प्रदेश स्तरमा समेत भएको भन्दै यसले केन्द्रमा धाउनुपर्ने बाध्यता अन्त्य भएको बताएका हुन् ।
संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहने जानकारी गराईएको छ । मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहने भएको छ ।
२०७९ साल आषाढ ३० गते दुबै कम्पनीहरु मर्जरमा जाने प्रारम्भिक सहमती भएपछि तोकिएको समय भन्दा एक महिना अगाडि नै यि दुई कम्पनीहरुको मर्जर प्रक्रियाले पूर्णता पाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्