×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

एनसेलले ल्यायो ‘मज्जाको प्लान’, ५ सय ९९ रुपैयाँमा २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम

BIZBAZAR

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ ।

यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ यहि चैत्र ०३ गते शुक्रबार देखि संचालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्नेछन् ।

ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ मा खरिद गर्न सक्ने इसेवाले जनाएको छ । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्नेछन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ ।

साथै, यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले रु २०० देखि रु ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सकिनेछ भने रु ५०० वा सो भन्दा बढिको रिचार्जमा १०% बोनसको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्नेछन् । त्यस्तै, प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सकिने छ ।

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal