Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको जानकारी दिने उद्धेश्य

अर्थ सरोकार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले बिहिबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लमही नगरपालिका वडा नं. ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीकको अवसरमा बिहिबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाका शाखा प्रबन्धक छबिलाल भण्डारीले वित्तीय साक्षरता अन्तर्गत वित्तिय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

विद्यालयका करिब पचास जना विद्यार्थीहरुलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक राज कुमार यादबले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज मधु सुदन भट्टराईले गरेका थिए । कार्यक्रमको सहजीकरण मनिष सेढाईले गरेका थिए भने अन्य बैंकिङ सम्बन्धि थप जानकारी बैंकका कर्मचारी नुमलाल गोराथोकीले गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK