Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बुटवलमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र १४ गते बुटवलको सिदार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ ।

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा करिब ३३० जना भन्दा बढि अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विशेष कारणबस देश बाहिर रहेका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । अभिकर्ताहरुको क्षमताको विकाश कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बताए । अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउँदा आफु खुसि भएको बताए ।

कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका थिए । सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापति पोखरेल बताए ।

यो योजना न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाईदा उठाउन आग्रह गरे । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित रहेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK