×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दीपुर केवलकार एण्ड टुरिजमको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बन्दीपुर केवलकार एण्ड टुरिजमको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति सेयर अंकित मूल्य  १ सयका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी