काठमाडौं । नेपाल न्युज बैंक र आर्थिक मिडिया सञ्चालक संघबीच सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल न्युज बैंकको कार्यालय अनामनगरमा संघका पदाधिकारी तथा न्युज बैंक सञ्चालक समितिको उपस्थितिमा सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति पत्रमा न्युज बैंकका तर्फबाट सम्पादक रामनाथ घिमिरे तथा संघका तर्फबाट महासचिव सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् । आर्थिक समाचारलाई प्राथमिकतासाथ प्रकाशन प्रसारण गरी मुलुकको आर्थिक विकासमा योगदान गर्ने उद्देश्यले गठित संघ र नेपालमा समाचार संस्थाको अन्तर्राष्ट्रिय मापदण्डलाई पूरा गर्ने उद्देश्यका साथ स्थापित नेपाल न्युज बैंकले दुबै पक्षको साझा हित र आर्थिक पत्रकारिताको उन्नयनका लागि सहकार्य गर्ने सहमति भएको हो ।
हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष रोयल आचार्य उपाध्यक्ष माधव तिवारी र डिल्ली प्रसाद सापकोटा महासचिव सुरज प्याकुरेल लगायतका पदाधिकारी उपस्थित थिए । कार्यक्रममा, संघका उपाध्यक्ष माधव तिवारीले, नेपाल न्युज बैंक र इमानबीचको सहकार्यले नेपाली आर्थिक पत्रकारिताको क्षेत्रमा सकारात्मक अभ्यासको थालनी हुने विश्वास व्यक्त गरे । उनले सञ्चारमाध्यम राज्यको प्रतिपक्षी मात्रै नभई आर्थिक विकासका उत्प्रेरक र सहयोगी हुन भन्ने मान्यता स्थापित गर्न पनि यो सहमति सार्थक हुने बताए ।
त्यस्तै कार्यक्रममा न्युज बैंकका सम्पादक घिमिरेले इमानसँगगको सहकार्यले नेपाली आर्थिक पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । उनले नेपाल न्युज बैंकसँग सहकार्य गर्ने निर्णय गरेर इमानले खेलेको भूमिकाप्रति आभार प्रकटगर्दै आर्थिक पत्रकारिताको क्षेत्रमा न्युज बैंकले इमानसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
नेपालमा आर्थिक विधाका सञ्चारमाध्यमहरूको हकहितका साथै आर्थिक पत्रकारिताको उन्नयनका लागि गठित गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरू सदस्य छन्। नेपालमा अन्तर्राष्ट्रिय स्तरको समाचार संस्थाको अभ्यास गरिरहेको नेपाल न्युज बैंकले लाइभ कभरेजसहित , समाचार, फोटो, भिडियो तथा अर्काइभ सहितको सेवा दिदैँ आएको छ । न्युज बैंकका सम्पूर्ण सामाग्री यसका प्रयोगकर्ताले आवश्यकताको आधारमा अनलाइनबाट सहजै डाउनलोड गर्न सक्ने सुविधा छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्