काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्तको पनि उपस्थिती रहेको थियो ।
सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ । यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ ।
उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायीबीच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ ।
पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्ने जनाएको छ ।
एनआइबिएल एसले संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने तथा ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्