×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबीच रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबीच रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर

Artha Sarokar

१४ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रा.ली. बीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रा.ली.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका हुन् ।

उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा नेशनल बायोटेक प्रा.ली.का तर्फबाट अध्यक्ष श्याम विक्रम सिजापतिको पनि उपस्थिती रहेको थियो । नेशनल बायोटेक प्रा.लि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ ।

नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ ।  यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु-आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ । अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु-आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रा.ली.लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा आवश्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवश्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

साथै, सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी